Sep 17 2024 | २०८१, असोज १ गते

विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुखद्वारा निर्देशन

विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुखद्वारा निर्देशन

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुखद्वारा निर्देशन

    काठमाडौँ । सभामुख देवराज घिमिरे र दश विषयगत समितिका नवनिर्वाचित सभापतिबीच पहिलो बैठक बसेको छ । आज बुधबार बसेको बैठकमा विचाराधीन विधेयकहरू अगाडी बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र चुस्त बनाउने विषयमा छलफल भएको हो ।

    images
    images

    आजको बैठकमा सभामुख घिमिरेले संसदीय समितिको प्रभावकारी सञ्चालनका साथै विचाराधीन विधेयकलाई शीघ्र रुपमा अघि बढाउन समितिका सभापतिलाई निर्देशन दिए । उपसभामुख, सचिवालयका सचिव र दश विषयगत समितिका नवनिर्वाचित सभापतिसँगको पहिलो बैठकमा उनले समितिको कार्यसञ्चालन कसरी गर्ने, कार्यसञ्चालनको वर्तमान स्थिति, विधेयकको अवस्थाका विषयमा छलफल गर्दै प्रभावकारी कार्य सञ्चालनका लागि निर्देशन दिएका हुन् ।   

    बैठकपछि सभामुख घिमिरेले समितिले गतिका साथ काम गर्नुपर्ने, सभाले लिएका दायित्वहरू समितिमार्फत पुरा गर्ने र समितिका कामहरूलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको जानकारी दिए । 

    “संसद्को प्रभावकारिता भनेको संसदीय समितिको प्रभावकारीता हो । विषेश किसिमका विधेयक समितिमा गएका छन् । अब आउने विधेयक पनि समितिमै जान्छन्”, बैठकका निर्णयबारे जानकारी दिँदै उन भने, “समितिले विधेयकलाई सरोकारवालासँग प्रभावकारी रुपमा छलफल गरेर छिट्टो टुङ्ग्याउने र सभामा ल्याउने काममा अघि बढ्नुपर्छ ।”

    अर्थ समितिको सभापति सन्तोष चालिसेले समिति सभापतिको भूमिका, विधेयकहरू अगाडी बढाउने विषय र समितिका कामलाई चुस्त बनाउनेलगायत विषयमा आजको बैठकमा छलफल भएको बताए । “सभामुख र सचिवले सभापतिको भूमिकाअन्तर्गतर रही छिटोछरितो र चुस्त काम गर्नुपर्ने विषयमा छलफल भएको छ”, उनले भने, “सभामुखले पनि सभापतिले आफ्नो भूमिका इमान्दारिताका साथ अघि बढाउन र प्रभावकारी कार्यसम्पादनका लागि निर्देशन दिनुभएको छ ।”

    कानून, न्याय तथा मानव अधिकार समितिको सभापति विमला सुवेदीले समितिमा रहेका विधेयक र समितिको कामलाई प्रभावकारी रूपमा अगाडी बढाउन र गम्भीर भएर काममा लाग्न सभामुखले आग्रह गरेका बताइन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार