Sep 17 2024 | २०८१, असोज १ गते

नेपालको चुच्चे नक्सा नस्वीकारेको भन्दै बालेनले गरे पाँच दिने चीन भ्रमण रद्द

नेपालको चुच्चे नक्सा नस्वीकारेको भन्दै बालेनले गरे पाँच दिने चीन भ्रमण रद्द

नेपाली नक्साकाे चुच्चे स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर चीनले हाम्रो संवेदनशिलतमाथि प्रहार गर्याे

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
  • नेपालको चुच्चे नक्सा नस्वीकारेको भन्दै बालेनले गरे पाँच दिने चीन भ्रमण रद्द

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चीनले नेपालको नयाँ नक्सालाई मान्यता नदिएका कारण आफ्नो ५ दिने चीन भ्रमण स्थगित गरेको बताएका छन् । 

    images
    images

    उनले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपाली नक्साकाे चुच्चे स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गर्नु हाम्रो संवेदनशिलतमाथि चालेको गलत कदमको रुपमा बुझेको उल्लेख गरेका छन् ।

    साेही कारण नैतिकताको आधारमा भ्रमणमा नजाने निर्णय गरेको उनकाे भनाई छ । 

    उनले लेखेका छन्, ‘हामी नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौँ ।

    त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार