Sep 17 2024 | २०८१, असोज १ गते

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन

    काठमाडाैं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन परेको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले नामावली प्रकाशन गरेको हो।

    images
    images

    आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा. प्रविण मिश्र, प्रा. डा. मनेनप्रसाद गोर्खाली, डा. विधाननिधि पौडेल, प्रा. डा. संगीतासिंह भण्डारी र प्रा. डा. सुमनकुमार श्रेष्ठको को आवेदन परेको छ।

    अहिले उपाध्यक्षमा प्रा.डा श्रीकृष्ण गिरी रहेका छन्। उनले आफ्नो कार्यकाल दोहोर्‍याउन चाहेर आवेदन दिएका छन्। आवेदन दिएका ९ जनाको प्रस्तुतीकरण भदौ १७ गते र अन्तर्वाता १८ गते हुने सिफारिस समितिले जानकारी दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार