Aug 12 2026 | २०८३, साउन २७ गते

विप्लवले फेरि भने– एमसीसीको नाममा हस्तक्षेप र अतिक्रमण स्वीकार छैन

विप्लवले फेरि भने– एमसीसीको नाममा हस्तक्षेप र अतिक्रमण स्वीकार छैन

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
  • विप्लवले फेरि भने– एमसीसीको नाममा हस्तक्षेप र अतिक्रमण स्वीकार छैन

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसीको नाममा हस्तक्षेप र अतिक्रमण स्वीकार नहुने बताएका छन्।

    images

    कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

    ‘एमसीसीसी नेपाली जनताको हितमा छैन्। प्रचण्ड हुने बेलासम्म हामीलाई विश्वास छ त्यसको विरुद्धमा लड्नुहुन्छ,’ विप्लवले भने, ‘अनुदानको कुरा ठिक छ, तर हस्तक्षेप र अतिक्रमण सम्भव छैन।’

    सुशासन देखाएर अनुदान खाने कम्युनिस्टहरु नै रहेको उनले बताए। 

    ‘हाम्रो देश र क्रान्तिकारी आन्दोलनको विरुद्धमा षडयन्त्र हुँदा नेपालको रातो झण्डा साम्राज्यवादीहरुले हेर्न चाहँदैनन,’ उनले भने, ‘यो स्थितिमा समाजवादी मोर्चालाई पूरा गर्ने युगिन कार्यभार हामीमाझ छ।’

    ‘तपाईं सरकारको तर्फबाट लड्नुस्, हामी सडकबाट लड्छौं। कुनैपनि भ्रष्टाचारीलाई छुट नदिनुस्,’ विप्लवले भने। 

    साथै, उनले माओवादी र कम्युनिस्टहरु असफलको हल्ला चलाइँदै गरेको पनि बताए। 

    ‘आज माओवादी र कम्युनिस्टहरु असफलको हल्ला चलाइँदैछ। जनयुद्ध चल्दा वडा स्तरको सरकार कति सफल थियो। नेपालमा माओवादीको अदालत, जनसेना, कुन क्षेत्र पनि खाली थिएन,’ उनले भने। 

    उनले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जेल हाल्ने तयारी रहेको पनि बताए। 

    ‘मैले त प्रचण्डलाई एक हप्ताभित्र जेलमा ल्याउने हल्ला पनि सुनेँ। यो षडयन्त्र केवल एउटा प्रधानमन्त्रीको मात्र होइन, उनीहरु माओवादी र रातो झण्डा देख्न चाहँदैनन्,’ उनले भने।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट