Sep 17 2024 | २०८१, असोज १ गते

भोली शनिबार काठमाडौं र ललितपुरमा दिनभर विद्युत अवरूद्ध हुने

भोली शनिबार काठमाडौं र ललितपुरमा दिनभर विद्युत अवरूद्ध हुने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • भोली शनिबार काठमाडौं र ललितपुरमा दिनभर विद्युत अवरूद्ध हुने

    काठमाडौँ । शनिबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा दिनभर विद्युत अवरूद्ध हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणकले एक सूचना जारी गर्दै टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकू तथा के–थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो ।

    images
    images

    विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले जनाएको छ ।

    उक्त स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार