जङ्गली च्याउ खाँदा दाजु-बहिनीको मृत्यु
जङ्गली च्याउ खाँदा दाजु-बहिनीको मृत्यु
बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा दाजु९बहिनीको मृत्यु भएको छ । जङ्गली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतकी–७ वर्षीया छोरी सञ्जिला र उनका ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो ।
सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बुधबार बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सुदीपको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे मृत्यु भएको जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताए ।
सुदीपको शव अहिले बझाङ ल्याउँदै गरिएको र सञ्जिालको शव भने परिवारले दाहसंस्कार गरेको उनले बताए । उनीहरूले बुधबार बिहान घरमाथिको लेकबाट ल्याएको विषालु जंगली च्याउ खाएका थिए । आमा पुनी कठायतको अवस्था भने सामान्य रहेको छ ।