Sep 17 2024 | २०८१, असोज १ गते

सर्वोच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

सर्वोच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • सर्वोच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

    काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
      
    समितिको आजको बैठकले उनलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित उजुरी दिन १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।
     
    न्याय परिषद्को यही भदौ १० गतेको बैठकले उनको नाम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष  पठाएको थियो । समितिको बैठक ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाको अध्यक्षतामा बसेको थियो ।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार