Jan 03 2025 | २०८१, पुस १९ गते

images
images

बहराइनले नेपाललाई दियो ३२ रनको लक्ष्य

बहराइनले नेपाललाई दियो ३२ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • बहराइनले नेपाललाई दियो ३२ रनको लक्ष्य

    काठमाडौँ । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनबाट ३२ रनको लक्ष्य पाएको छ । टस जिती पहिलो ब्याटिङको निणर्य लिएको बहराइनले १५.४ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो ।

    images
    images
    images

    नेपाली बलरले खेलको प्रारम्भदेखि नै बहराइनका ब्याट्रलाई दबाबमा राखेका थिए । बहराइनलाई सस्तोमा समेट्न नेपाली टोलीकी बलर इन्दू वर्माले तीन विकेट लीइन् । उनले चार ओभर बलिङ गर्दै दुई मेडन राखेर केवल पाँच रन खर्चिएकी थिइन् । खुसी डंगोलले दुई विकेट हात पारिन् ।

    उनले १.४ ओभर बलिङ गर्दै एक रन पनि दिइनन् । कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले पनि एक-एक हात पारे । बहराइनका लागि कप्तान दीपीका रसनगिकाले ११ रन बनाइन् । इशारा सुहुनले पाँच रन जोडिन् ।  आशा सामिलदिनले पनि पाँच रन बनाइन् । ओपनर थारंगा गजानायके चार रनमै पेभेलियन फर्किइन् । पविथ्रा सेठ्ठी एक रनमा आउट भइन् । प्रजना जगदिशा, ओपनर रासिका रोड्रिगो, मनाल मलिक, अबिरा वारिस र सदामली भाक्सलाले खातासम्म खोल्न सकेनन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार