Sep 17 2024 | २०८१, असोज १ गते

सुनको मुन्द्रा लुटेर भाग्दै गर्दा दुई जना पक्राउ 

सुनको मुन्द्रा लुटेर भाग्दै गर्दा दुई जना पक्राउ 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • सुनको मुन्द्रा लुटेर भाग्दै गर्दा दुई जना पक्राउ 

    लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    images
    images

    पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१३ घर भएका २४ वर्षीय राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका छन्।

    चन्द्रागिरि नगरपालिका–१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको थियो।

    सो सम्बन्धी खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरुलाई उक्त मुन्द्रासहित पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार