Sep 17 2024 | २०८१, असोज १ गते

विद्युत् विधेयक छिट्टै संसदमा पेस हुन्छ : मन्त्री बस्नेत

विद्युत् विधेयक छिट्टै संसदमा पेस हुन्छ : मन्त्री बस्नेत

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १५ २०८०
  • विद्युत् विधेयक छिट्टै संसदमा पेस हुन्छ : मन्त्री बस्नेत

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक छिट्टै संसदमा पेस गर्ने बताएका छन्। मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै उनले सो विधेयक छिट्टै संसदमा पेस हुने बताएका हुन्।

    images
    images

    मन्त्री बस्नेतले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउन सरकारले सो विधेयक संसदमा पेस गर्न लागेको उल्लेख गरे।

    सो विधेयक चालू संसद् अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै उनले त्यसले विद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

    ‘हाम्रो के विश्वास छ भने यो विधेयकले ऐनको रूप लिइसकेपछि अब ऊर्जा क्षेत्रको उत्पादन वृद्धि गर्नका लागि, प्रसारणलाइनलाई थप विस्तार र व्यवस्थित गर्नका लागि, वितरण प्रणालीलाई गुणात्मक बनाउनका लागि, गुणस्तरीय बनाउनका लागि र यसको निर्यातलाई व्यवस्थित गर्नका लागि मद्दत गर्नेछ,’ उनले भने।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार