नेपाल-भारत म्याच हेर्न श्रीलंका लागे रवि लामिछाने,बालेन पनि जाने तयारीमा
नेपाल-भारत म्याच हेर्न श्रीलंका लागे रवि लामिछाने,बालेन पनि जाने तयारीमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् । राष्ट्रिय टीमलाई हौसला दिन उनी पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरासहित श्रीलंका जान लागेका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि एसिया कप क्रिकेट हेर्न श्रीलंका जाँदै छन् । उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् ।
नेपाल र भारतबीच भोलि समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ ।