Sep 19 2024 | २०८१, असोज ३ गते

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु 

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु 

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु 

    काठमाडौँ । वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ ।  सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।  

    images
    images

    मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।  उनले भने, ‘आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हुँ, म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । माथि गएर हाम फालेछन् ।’

    हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको उनले बताए । उनले भने, ‘उनी को हुन् भन्ने थाहा छैन, उनको शव बेवारिसे अवस्थामा छ ।‘

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार