Sep 19 2024 | २०८१, असोज ३ गते

सभामुखसँग रुसी राजदूतको शिष्टाचार भेट

सभामुखसँग रुसी राजदूतको शिष्टाचार भेट

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • सभामुखसँग रुसी राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।

    images
    images

    भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अभ्यासको आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले रुसी महासङ्घ नेपालको पुरानो मित्र भएको स्मरण गराउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे ।
          
    उनले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको र रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताका तर्फबाट आभार व्यक्त गरे । सभामुख घिमिरेले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड– १९ सङ्क्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकामा रुसी महासङ्घलाई धन्यवाद दिए ।

    राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदानप्रदानका लागि महत्वपूर्ण रहेको बताए । उनले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार