Sep 19 2024 | २०८१, असोज ३ गते

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए। बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गरे। 

    images
    images

    सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका सडकको मर्मत सम्भार गर्न माग गरे। उनले प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि रू १७ लाख दिने घोषणा गरेकामा हालसम्म नदिइएको भन्दै उक्त रकम छिटो दिनुपर्नेमा जोड दिए । 

    सांसद अब्दुल खानले बर्दियाबाट ३५ वटा सीमास्तम्भ हराएको उल्लेख गर्दै विगतदेखिकै सरकार मौन बस्दै आएकामा आपत्ति जनाए । उनले सीमास्तम्भ हराउने र बगाउने कुराको निदान गर्नुपर्ने बताए । सांसद खानले नीतिगतदेखि उपभोक्ता समितिसम्म भ्रष्टाचार बढेको जनाउँदै भ्रष्टाचारका विरुद्ध प्रभावकारी रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार