Sep 19 2024 | २०८१, असोज ३ गते

सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न काठमाडौं प्रशासनको चेतावनी

सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न काठमाडौं प्रशासनको चेतावनी

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न काठमाडौं प्रशासनको चेतावनी

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजामती कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्‍याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई आग्रह गरेको छ।

    images
    images

    गत शनिबार काठमाडौंका मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिंहदरबार जलाइदिने वक्तव्य दिएपछि प्रशासनले कारबाही गर्न सकिने चेतावनी दिँदै विज्ञप्ति निकालेको हो। काठमाडौं प्रशासनले कुनै आफूलाई परेका गुनासो भए तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभावी वक्तव्यबाजी नगर्न सुझाएको छ।

    आज सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै पदीय जिम्मेवारीमा रहेका सबैले सामाजिक मान–मर्यादा भुल्न नहुनेतर्फ सचेत गराएका हुन्। 

    काठमाडौं महानगरका मेयर बालेनले आफ्नी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राती कोटेश्वरमा ट्राफिक प्रहरीले चेकिङ गरेको रिसमा सिंहदरबार जलाइदिने धम्कीयुक्त भनाइ फेसबुक स्टाटसमा राखेका थिए।

    श्रीमती चढेको गाडीलाई केरकार किन गरेको गरेको भन्दै मेयर बालेनले काठमाडौंका प्रजिअ जितेन्द्र बस्नेतलाई समेत फोन गरेर आक्रोश पोखेका थिए। यद्यपि बालेनले सामाजिक सञ्जालमा राखेको आगो ओकल्ने स्टाटस भने आज मात्रै हटाएका छन्। 
    जिल्ला प्रशासनको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’

    जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत सम्झाएको छ।

    लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार