भारतविरुद्ध नेपालले गुमायो दोस्रो विकेट
भारतविरुद्ध नेपालले गुमायो दोस्रो विकेट
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको हो ।
नेपालका भीम सार्की ७ रन बनाएर आउट भए । उनलाई रविन्द्र जडेजाले १६ औँ ओभरमा बोल्ड गरे ।
यसअघि कुशल भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भए ।