Sep 19 2024 | २०८१, असोज ३ गते

मधेश प्रदेश : हत्या अभियुक्त सांसद यादवलाई अदालत लग्ने तयारी

मधेश प्रदेश : हत्या अभियुक्त सांसद यादवलाई अदालत लग्ने तयारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
  • मधेश प्रदेश : हत्या अभियुक्त सांसद यादवलाई अदालत लग्ने तयारी

    हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

    images
    images

    सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमवार राजविराज नगरपालिका ७ बाट पक्राउ पक्राउ गरेको थियो । उनलाई हिजै अदालत लगियो । तर अदालतमा समय अभावका कारण उनलाई प्रहरीले हिरासतमा राखेको छ । सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले अदालतले आज बिहान १० उपस्थित गराउन भनेको र अहिले लग्ने तयारी गरेको जानकारी दिए ।

    १६ वर्ष अगाडी माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या भएको थियो । उनको हत्या मुद्दामा उनलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ । दोषी ठहर भएको अवस्थामा पनि यादव स्वतन्त्रबाट चुनाव लडेर प्रदेश सांसदमा निर्वाचित भएका हुन् । पछि उनी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका थिए । गौर घटनामा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्नुपर्ने आवाज उठिरहेको बेला सोही पार्टीका सांसद यादव पक्राउ पर्दा नेताहरू चकित परेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार