Nov 25 2024 | २०८१, मंसिर १० गते

images

रूटिन अफ नेपाल बन्द फेरि आउन सक्ने

रूटिन अफ नेपाल बन्द फेरि आउन सक्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
  • रूटिन अफ नेपाल बन्द फेरि आउन सक्ने

    नेपालको लोकप्रिय पेज ‘रूटिन अफ नेपाल बन्द’ हराएको छ । सोमबार साँझदेखि रूटिन अफ नेपाल बन्दको फेसबुक पेज, इन्स्टाग्राम, ट्विटरबाट हटेको हो । 

    images
    images
    images

    रूटिन अफ नेपाल बन्द पेज सधैंको लागि बन्द भएको हो वा अस्थायी रूपमा बन्द भएको त्यो भने खुल्न बाँकी छ । तर रूटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले फेसबुकमा राखेको एक पोष्ट अनुसार यो अस्थायी रूपमा बन्द भएको जस्तो देखिन्छ । 

    पौडेलले फेसबुकमा पेजलाई अनपब्लिस अर्थात अप्रकाशित रूपमा राखेको फोटो राखेका छन् । यसको अर्थ चाहेको बेला पब्लिस अर्थात प्रकाशित मोडमा राखेर फर्किन पाउने छन् । 

    पौडेलले अनपब्लिस मोडमा राखेको फोटो फेसबुकमा शेयर गर्दै लेखेका छन्, ‘अब अट्याक गर्नु पर्दैन । स्वार्थले खोलेको थिएन तै भएर बाल छैन । बाकि कुरा पछि गरौला । अब म स्वतन्त्र छु । मलाई एक्लै छोडिदिनुहोस् ।’

    गत शनिबार राति काठमाडौंका मेयर बालेन्द्र शाहले महानगरको गाडी रोकेको भन्दै सिंहदरबारमा आगो लगाउने पोष्ट सामाजिक सञ्जालमा गरेका थिए । त्यसपछि बालेनको चर्को आलोचना हुन सुरू भएको थियो ।

    अनि बालेनलाई जोगाउनकै लागि रूटिन अफ नेपाल बन्दले पुत्री लाभ सम्बन्धी गरेको पोष्टमाथि धेरैले आलोचना गरेका थिए र उक्त पोष्ट बालेनलाई जोगाउनकै लागि गरिएको धेरैले अनुमान गरेका थिए । 

    रूटिन अफ नेपाल बन्द नेपालको लोकप्रिय पेज हो । युवापुस्तामाझ धेरै परिचय यसलाई धेरैले आधिकारिक सूचनाको स्रोत समेत मान्दै आएका थिए । 

    तर अचानक रूटिन अफ नेपाल बन्द गायब भएपनि फर्केर आउने सम्भावना भने जीवितै छ । पेजलाई अनपब्लिस गर्नुभनेको सधैंको लागि बन्द गर्नु होइन । अनपब्लिस भनेको पब्लिक, लाइक र फलोअरबाट हाइड गर्नु हो । चाहेको खण्डमा पब्लिस गरेर पुनः आउन सकिन्छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार