Aug 12 2026 | २०८३, साउन २७ गते

पेटको स्क्यान गर्ने उपकरण  खरिदका लागि सचिव पोखरेलको निर्देशन

पेटको स्क्यान गर्ने उपकरण  खरिदका लागि सचिव पोखरेलको निर्देशन

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
  • पेटको स्क्यान गर्ने उपकरण  खरिदका लागि सचिव पोखरेलको निर्देशन

    चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले  भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिएका छन् । क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने उक्त उपकरण र साइक्लोटोन उत्पादन गर्ने उपकरण यसै वर्ष  खरिदका लागि प्रक्रिया अघि बढाउन उनले अस्पताललाई निर्देशन दिएका हुन् ।

    images

    उक्त अस्पतालको आज निरीक्षणपछि आयोजित परिचयात्मक तथा छलफल कार्यक्रममा सचिव पोखरेलले हाल यस अस्पतालले पूर्णता पाएको अवस्थामा पनि क्यान्सरको उपचारका लागि अति आवश्यक यी दुई  उपकरण खरिद गर्न नसके कहिले हुने भन्ने प्रश्न गरे ।

    उनले भने, “जसरी हुन्छ प्रक्रिया पूरा गरेर आउनुहोस् अनि खरिदका लागि पैसा लैजानुहोस् । हाम्रो खातामा हामी पैसा राख्न चाहँदैनौँ”, चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताल देशकै महत्वपूर्ण भएको चर्चा गर्दै सचिव पोखरेलले भने, “जसरी हामीले यहाँको भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा खर्च गरेका छौँ त्यसको आउटपुट देखिन्छ ।”

    उक्त अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले आफ्नो क्षमताले भ्याएसम्म अस्पतालको हितमा काम गर्ने बताए । त्यसैगरी अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले अस्पतालले हाल पूर्णता पाएको अवस्थामा अब काम गरेर देखाउने दिन आएको बताए । अस्पतालमा आजको आवश्यकता  भनेको पेटको स्क्यान उपकरण रहेकाले  सबै मिलेर खरिदका लागि  पहल गर्न उनले आग्रह गरे । आज कैयौँ बिरामी यसको अभावमा महङ्गो पैसा तिरेर बाहिर उपचार गर्न बाध्य भएको अवस्थामा उक्त उपकरण  ल्याउन सके चितवनमात्र नभएर देशकै गौरवको विषय बन्ने अध्यक्ष न्यौपानेको  भनाइ थियो । त्यस अवसरमा क्यान्सर अस्पतालका विभागीय प्रमुख,महाशाखा प्रमुख र  चिनिया मेडिकल टोलीको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट