Nov 25 2024 | २०८१, मंसिर १० गते

images

अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
  • अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

    images
    images
    images

    विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार पुनरावेदन हुने मुद्दामा रविन्द्र नाथ चौधरी र अर्का प्रतिवादी रामलखन चौधरीमाथि रहेको नक्कली स्थायी अध्यापन अनुमति पत्र बनाइ भ्रष्टाचार गरेको आरोप छ । यसैगरी, गोपालचन्द्र लामा र अर्का प्रतिवादी रामप्रसाद देवकोटामाथि सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप छ ।

    अख्तियारबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये नक्कली स्थायी अध्यापन अनुमति पत्र र सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बनधी मुद्दामा आयोगको निर्णय अनुसार भदौ १८ गते सर्वोच्च अदालतमा पनरावेदन गरिएको प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार