Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

पूर्वउपराष्ट्रपति पुत्रदेखि भन्सार कार्यालयका निवर्तमान प्रमुखमाथि प्रहरीले बयान लियाे

पूर्वउपराष्ट्रपति पुत्रदेखि भन्सार कार्यालयका निवर्तमान प्रमुखमाथि प्रहरीले बयान लियाे

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १९ २०८०
  • पूर्वउपराष्ट्रपति पुत्रदेखि भन्सार कार्यालयका निवर्तमान प्रमुखमाथि प्रहरीले बयान लियाे

    पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ ।

    images
    images
    images

    महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले बतायो । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो ।

    ३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

    यसमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग सम्पर्क देखिएको छ । उनले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका छन् ।

    ६० सुनसँग सम्बन्ध देखिएको भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।

    यस्तै, गत साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विमानस्थल भन्सार कार्यालयका निवर्तमान प्रमुख अरुण पोखरेलसँग सोधपुछ गरेको छ।

    हङकङबाट ६० किलो सुन तस्करी गरेर नेपाल छिराउँदा बिदामा रहेका पोखरेल अहिले काममा फर्किएका छन्। 

    उनलाई बिदामा रहँदै अर्थ मन्त्रालयलले विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीबाट हटाएर तानेको थियो।

    सुन तस्करीको आरोपमा विमानस्थल भन्सारका केही कर्मचारी र भन्सार एजेन्ट पनि पक्राउ परेका छन्। 

    उनीहरुलाई हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ। तर त्यतिबेला बिदामा रहेका भन्सार प्रमुखसँग पनि सीआईबीले सोधपुछ गरेको हो। 

    यसअघि विमानस्थल भन्सारका कर्मचारीको मिलेमतोमा भन्सारले पक्राउ गरेको भेपको ९ किलो सुन गायब भएको थियो। त्यतिबेला समेत विमानस्थल भन्सारको प्रमुख रहेका पोखरेलसँग सोधपुछ भएको हो। 

    यस्तै उनीमाथि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पत्राचार गरिसकेको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट