Nov 25 2024 | २०८१, मंसिर १० गते

images

 एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

 एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
  •  एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

    नेकपा एमालेको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनले अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । सहमतिको प्रयास सफल नभएपछि मतदानबाट कडेलले प्यूठानका हरि रिजाललाई २ मतले हराउँदै विजयी भएका हुन् । 

    images
    images
    images

    कँडेलले ४ सय ७९ मत ल्याएर विजयी भए भने रिजालले ४ सय ७७ मत ल्याए । मंगलबार दिउँसो भएको निर्वाचनमा प्रदेशका १ हजार ५ प्रतिनिधि मध्ये ९ सय ६५ जनाले मतदान गरेका थिए । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् । 

    कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । एमालेको प्रदेश अधिवेशन अन्तर्गत शुरुमै लुम्बिनीमा गर्न लागिएको पहिलो प्रदेश अधिवेशनमा सहमति प्रयास असफलपछि एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व मतदानबाट टुंगो लागेको हो । 

    एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको नेतृत्व सहमतिबाट चयन गर्न विशेष जोड गर्दै बुटवलमा नेता तथा प्रतिनिधिहरुलाई निर्देशन दिएर फर्किए पनि यहाँ सहमति जुट्न नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएको हो । यहाँ दुई पक्षले अघोषित रुपमा प्यानल बनाएर चुनावी मैदानमा भिडेका थिए । परिणाम अनुसार पदाधिकारीमा कँडेल पक्ष बहुमतसहित विजयी भएको छ । 

    अध्यक्ष कँडेलसँगै उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, पुरुष उपसचिवमा रोल्पाका पूर्ण बुढामगर र महिला उपसचिवमा बर्दियाकी लिला राना मगर निर्वाचित भएका छन् । सचिव पदमा यसअघि नै दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । निर्वाचितमध्ये पुरुष उपसचिवमा रोल्पाका बुढामगर मात्र रिजाल प्यानका हुन् ।

    पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको थियो । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।

    उपाध्यक्षमा निर्वाचित कँडेल पक्षका श्रेष्ठले ४ सय ५५ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका थिए । बराल रिजाल समूहका हुन् । अन्य दुई जनाले छुट्टै उम्मेदवारी गरेर प्रतिस्पर्धा गरेका थिए । 

    त्यस्तै उपसचिव खुलामा बुढामगर ४ सय १८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँगै बाँकेका दुर्गाप्रसाद थारू चौधरीले ३९३, रोल्पाका उपेन्द्रलाल कामीले १ सय १० मत ल्याएका थिए । चौधरी कंडेल प्यानलबाट निर्वाचन लडेका थिए ।

    महिला उपसचिवमा लिला रानामगर ३ सय ५२ मत ल्याएर विजयी भएकी छिन् । उनले रिजाल समूहकी वसन्ती अधिकारीलाई १ मतले पराजित गरेकी हुन् । अधिकारीले ३ सय ५१ मत ल्याएकी छन् । 

    यस्तै लेखा समिति अध्यक्षमा कँडेल समूहकै दामोदर घिमिरे विजयी भएका छन् । उनले रिजाल समूहका विष्णुराज बीसीलाई २ सय ७ मत अन्तरले पराजित गरे ।लेखा समितिको उपाध्यक्षमा बैकुण्ठ महत निर्विरोध निर्वचित भए । मतदानमा ९ सय ६५ मत खसेको थियो । अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार