Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द

विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
  • विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द

    काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रtर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल टुङ्गाए । यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।  

    images
    images
    images

    दुवै टोलीले समान पाँच खेलमा ९ अङ्क जोड्दै नेटरनरेटकका आधरमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन । नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टि२० विश्वकप छनोट खेल्न पाउनेछ ।

    त्यसैगरी समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । थाईल्याान्ड पनि समान तीन खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ । हङकङ र थाईल्यान्डबीचको खेल आजै हुनेछ । उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ भने युएईले उपविजेतासँग खेल्नेछ । 

    यसअघि नेपालले समूह चरणको खेलमा अपराजित रहेको थियो । नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गर्दै विजयी भएको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट