स्वर्गीय रिजालप्रति श्रद्धाञ्जली अर्पण गदै बालेनले ओढाए झण्डा
स्वर्गीय रिजालप्रति श्रद्धाञ्जली अर्पण गदै बालेनले ओढाए झण्डा
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालप्रति विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिएको थियो । उनको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।
नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजालको उपचारका क्रममा आज बिहान ०७ः३० बजे निधन भएको थियो ।