Aug 12 2026 | २०८३, साउन २७ गते

दराजले ल्यायो प्रयोग गरिएका फोनहरू विक्री गर्न नयाँ उद्यम ‘दराज लाइक न्यू’

दराजले ल्यायो प्रयोग गरिएका फोनहरू विक्री गर्न नयाँ उद्यम ‘दराज लाइक न्यू’

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • दराजले ल्यायो प्रयोग गरिएका फोनहरू विक्री गर्न नयाँ उद्यम ‘दराज लाइक न्यू’

    काठमाडौं । नेपाली अनलाइन मार्केट दराज नेपालले नयाँ उद्यम दराज लाइक न्यू (डिएलएन) को सुरुवात गरेको छ ।

    images

    मङ्गलवार दराजले एक कार्यक्रम आयोजना गदै डिएलएन को उद्घाटन गरेको हो । डिएलएनले प्रयोग गरिएको फोनहरू ‘भ्याट’ बिल समावेश सहित बिक्रेतालाई प्लेटफर्म प्रदान गर्नेछ ।

    कम्पनीका अनुसार प्रयोग गरिएका फोनहरू विक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, दराजले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउने छ । भने, दराजले विक्रेताहरूलाई गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न अनलाइन प्लेटफर्म प्रदान गरेको हो ।

    स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मूल ध्येयका साथ दराजले नयाँ उद्यम सुरुवात गरेको जनाइएको छ ।

    उदघाटन कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा. ज्योति गिरीले दराज र डिएलएन लाई ई–वेस्ट न्यूनीकरणको भूमिका प्रति प्रशंसा व्यक्त गरे ।

    त्यसैगरी, दराज प्लेटफर्ममा विक्रेता तथा “सबको फोन” का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको विक्री वितरणमा ढाढस पुग्ने भन्दै प्लेटफर्म उपलब्धका लागि आभार व्यक्त गरे।

    दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्‍याउन पनि परिवर्तनको पहल पनि गर्न दराज सधैं अगाडि रहेको बताइन्। उनले भनिन्, ‘हामीले हाम्रो प्लेटफर्म मार्फत गुणस्तरीय प्रविधि धेरै भन्दा धेरै मानिसहरूलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउँदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौं ।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट