सन्दीपविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि सुनुवाइ जारी
सन्दीपविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि सुनुवाइ जारी
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि अहिले काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाइ भइरहेको छ।
न्यायाधीश शकुन्तला कार्कीको इजलासमा जारी सुनुवाइमा अहिले पीडित किशोरीका तर्फबाट बहस भइरहेको हो। बहस सकिएमा आजै फैसला आउने सम्भावना छ।
सन्दीपले एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ।
ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०८९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए। त्ययसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।