Sep 08 2024 | २०८१, भदौ २३ गते

विदेशी मुद्राको विनिमय दर यस्तो छ

विदेशी मुद्राको विनिमय दर यस्तो छ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • विदेशी मुद्राको विनिमय दर यस्तो छ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ८४ पैसा र बिक्री दर १३३ रूपैयाँ ४४ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसामा कारोबार हुनेछ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा र बिक्री दर १६६ रूपैयाँ ३६ पैसामा कारोबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८५ रुपैयाँ २ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा खरिदबिक्री गरिने छ ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा कारोबार गर्न अनुमति पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसामा खरिदबिक्री हुनेछ । यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ६० पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँमा खरिदबिक्री हुनेछ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.६६ पैसा र विक्रीदर ४३२.६ पैसामा कारोबार हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार