चीनसँग विद्युत व्यापारसम्बन्धी सम्झौता गर्ने सरकारकाे तयारी
चीनसँग विद्युत व्यापारसम्बन्धी सम्झौता गर्ने सरकारकाे तयारी
काठमाडौं । चीनसँग विद्युत व्यापारसम्बन्धी सम्झौता गर्ने सरकारले तयारी गरेकाे छ । यसबारे अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिएका छन ।
हाइड्रोपावर क्षेत्रले प्रगतिको लय लिएको भन्दै अर्थमन्त्री महतले भारतसँग विद्युत व्यापारले लगानीकर्ताले सुनिश्चित मार्केट प्रदान गरेको जिकिर गरेका छन।
मन्त्री महतका अनुसार चीनसँग विद्युत व्यापारसम्बन्धी छिट्टै समझदारी हुनेछ ।
भारतको मन्त्रिपरिषद बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव स्वीकृत गरिसकेको छ। यो निर्णयसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गरेर बेच्ने बाटो खुलेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच विद्युत व्यापारसम्बन्धी संझौता भएको थियो।
अर्थमन्त्री महतले नेपालको जलविद्युत्लाई भारतीय बजार सुनिश्चित भएको बताउँदै जलविद्युत्सहित सम्भावित क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिने बताएका छन् । लगानी बोर्डको १२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले भने ‘भारतले १० हजार मेगावाट विद्युत् लैजान स्वीकृत गरेकाले बजार सुनिश्चित भएको छ, चीनसँग पनि बजार सुनिश्चित हुन्छ ।’
जलविद्युत्का अलवा पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा लगानीको राम्रो अवसर रहेको उनले बताए । मुलुकको अर्थतन्त्रमा आन्तरिक केही समस्या रहेको स्वीकार गर्दै उनले यो समस्या नै आर्थिक वृद्धि बढाउने अवसर सुरु हुने दाबी गरे । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको, पर्यटक आगमन बढेको, जलविद्युत् क्षेत्रले लय समाएको, युवाहरुले आइटी क्षेत्रमा राम्रो प्रगति गरिरहेका जस्ता सबल पक्षले गर्दा अर्थतन्त्रले आगामी दिनमा राम्रो लय समात्ने महतले बताए ।
सरकारले छिट्टै अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरेको उनले बताए । ‘विदेशका आईटी कर्पोरेसन कम्पनीहरुलाई ल्याउनेगरी छिट्टै लगानी सम्मेलन गर्छौं’ महतले भने । नेपालमा सञ्चालित डाबर, सूर्य, कोकाकोलाजस्ता बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा लिइरहेको उदाहरण दिँदै महतले लगानीका लागि उपयुक्त मुलुक रहेको त्यसले प्रष्ट पार्ने बताए । निजी क्षेत्रले नाफा नदेखेसम्म लगानी आउँदैन भन्नेमा सरकारको स्पष्ट धारणा रहेकाले नाफा सुनश्चितताका लागि वातावरण बनाउने बताए ।
महतले मुलु्कको अर्थतन्त्रमा सुधारको राम्रो संकेत देखा परेको बताएका छन्। शुक्रबार लगानी बोर्डको १२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधारका राम्रो संकेत देखा परेपनि ढुक्क हुने अवस्था भने नरहेको बताए।
' मु्लुक आर्थिक समस्याबाट गुज्रेको छ। तर ,राम्रो दिन आउँदैछ। राम्रो संकेत देखा परेका छन्,'उनले भने,'तर, हामी समस्यारहित भइसक्यो भन्ने चाँहि होइन। चुनौतीहरू छन्।'
'उनले अर्थतन्त्रमा देखा परेका समस्याहरूलाई हटाएर आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरू आउन लागेको विश्वास व्यक्त गरे। यसका सकारात्मक संकेतहरू देखा परिरहेको उनको भनाइ छ।
मन्त्री महतले नेपालको विदेशी मुद्राको संचिति राम्रो रहेको बताए। पर्यटक आवागमन राम्रो भइरहेकाले यसले आर्थिक गतिविधि बढाउने उनको भनाइ छ।