लोकतान्त्रिक समाजवादी पार्टीद्धारा चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन
लोकतान्त्रिक समाजवादी पार्टीद्धारा चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन
काठमाडौँ । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्धबारे दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ ।
भारत र नेपाललाई जोडेर दिएको अभिव्यक्ती कूटनीति मर्यादा विपरीत भएको भन्दै राजदूत सोङलाई फिर्ता पठाउन सरकारसँग माग गर्दै प्रदर्शन गरेको हो ।
लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले एउटा सार्वभौमसत्ता सम्पन्न देशका बारेमा यस्तो विचार व्यक्त गरेर नेपाललाई हेप्ने कार्य गरेको बताउँदै राजदूत सोङलाई स्पष्टीकरणसहित फिर्ता पठाउन सरकारसँग माग गरेका छन् ।