कोशी सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याउने
कोशी सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याउने
कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै अध्यादेश जारी गर्ने निर्णय गराएका थिए ।
कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकको निर्णय अनुसार आजै अध्यादेश जारी गर्ने तयारी गरिएको छ ।
यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था छ ।