सुन प्रकरण : सीआईबीले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग लियो बयान
सुन प्रकरण : सीआईबीले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग लियो बयान
काठमाडौँ । करीब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । हङकङबाट त्रिभुवन विमानस्थल हुँदै भित्रिएको ६ किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङसँग सम्पर्क देखिएपछि सीआईबीले भण्डारीसँग बयान लिएको हो ।
उनलाई आइतवार सीआईबीकै कार्यालयमा बोलाएर बयान लिइएको एक अधिकारीले जानकारी दिए । नेपालको समेत नागरिकता बनाएका बेल्जियन नागरिक दावा पक्राउ परेकामध्ये उपल्लो तहका व्यक्ति भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान गरिरहेको छ । दावासँग भण्डारीको पटक-पटक कुराकानी भएको पाइएको सीआईबी अधिकारीहरूले बताएका छन् ।