Nov 25 2024 | २०८१, मंसिर १० गते

images

ललितानिवास जग्गा प्रकरण : पक्राउ परेकामध्ये १७ जनालाई धरौटीमा छाड्न आदेश

ललितानिवास जग्गा प्रकरण : पक्राउ परेकामध्ये १७ जनालाई धरौटीमा छाड्न आदेश

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
  • ललितानिवास जग्गा प्रकरण : पक्राउ परेकामध्ये १७ जनालाई धरौटीमा छाड्न आदेश

    काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।जिल्ला अदालत काठमाडौंले केशव तुलाधरबाहेक अन्य १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

    images
    images
    images

    अदालतले तुलाधरलाई साधारण तारेखमा छाड्न भनेको छ। भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ। तोकिएको धरौटी बुझाउन नसके उनीहरु थुनामा जानेछन्। धरौटी बुझाएपछि मात्र उनीहरु छुट्ने छन्। सबैभन्दा बढी मिनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ।

    कलाधर देउजा र विनोदप्रसाद पौडेलसँग १५–१५ लाख तथा रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, धमनकुमार कार्की, गोपाल कार्की, योगराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ र लोकहरि घिमिरेसँग जनही सात लाख ५० हजार धरौटी मागिएको छ।

    त्यसैगरी, शिवजी भट्टराई र ध्रुवप्रसाद अर्यालसँग तीन लाख ३० हजार, बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र संजय महर्जनसँग जनही एक लाख १० हजार धरौटी मागिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार