Sep 08 2024 | २०८१, भदौ २३ गते

डेडिकेटेड र ट्रंकलाइन नकाट्न विद्युत् प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

डेडिकेटेड र ट्रंकलाइन नकाट्न विद्युत् प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
  • डेडिकेटेड र ट्रंकलाइन नकाट्न   विद्युत्  प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका विषयमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको बताएका छन् । यसबारे निर्क्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न उनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

    images
    images

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले भेट गरेपछि उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरेर उक्त निर्देशन दिएका हुन् । 

    महासंघ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर सो विषयलाई छिटै टुंगोमा पुर्‍याउन पहल गर्ने प्रधानमन्त्रीले बताएका महासंघले जनाएको छ ।

    डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न प्राधिकरणले यही भदौ १७ गते सूचना जारी गरेको थियो । बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरिने सूचनामा उल्लेख छ ।

    महासंघले अहिले उद्योग–व्यवसाय ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेकाले यसलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । “अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,” महासंघका अध्यक्ष चन्द्र ढकालले भने, “थप समस्या सिर्जना गरिदिनु भएन ।”

    कोरोना महामारीपछि उद्योग–व्यवसाय निरन्तर संकटमा रहेको र यस्तो अवस्थामा विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासंघको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार