Sep 19 2024 | २०८१, असोज ३ गते

देशभित्रको अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा : विप्लव

देशभित्रको अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा : विप्लव

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
  • देशभित्रको अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा : विप्लव

    काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा बनेको बताएका छन् ।  माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज सोमबार विराटनगरमा आयोजना गरेको सन्देशसभामा उनले यस्तो बताएका हुन् ।  

    images
    images

    समाजवादी मोर्चा इतिहाँसको नयाँ प्रयोग भएको बताउँदै उनले स्पष्ट दृष्टिकोण लिएर आएको र यसले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्ने दाबी गरे । मोर्चालाई देशको कुनाकुना पुर्याउने उनले बताए ।  नेपालमा आज चलिरहेको संसदीय व्यवस्थालाई परिवर्तन गर्दै समाजवादमा जाने बताएका विप्लवले जनयुद्धले ठूलो परिवर्तन आएपनि जनताले अनुभूति गर्न नसकेको बताए ।

    दलाल पूँजीपतिहरूले वर्तमान व्यवस्थाको जिम्मामा जाने खतरा देखेको बताउँदै उनले त्यसलाई रोक्न आवश्यक रहेकोमा जोड दिए । अहिले क्रान्तिका नायकहरूलाई अपराधी जस्तो गरिरहेको परिस्थिति बन्नुमा दलाल पूँजीवादको मुख्य हात रहेको बताउँदै उनले अब नेपाली विशेषतासहितको समाजवादमा जानुपर्ने बताए ।

    परिस्थितिले फुट र जुट गराउने गरको बताउँदै उनले फुटले रमाउने तत्वहरू रमाएपनि जनता दुःखी भएको बताए । अब सन्देश दिनुपर्छ अब कम्युनिष्टहरू देशलाई आपत परेको बेला, देशलाई निकास दिन मिल्ने र कालोसपना देख्नेहरूलाई सखाप पार्ने उनले बताए । साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोजेको बताउँदै उनले भने, ‘नेपाललाई निकास दिन नेपाली नै हुन्, कसैले युक्रेन बनाउन नखोजे हुन्छ ।’ 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार