Sep 08 2024 | २०८१, भदौ २३ गते

६० किलो सुन तस्करी प्रकरण : अनुसन्धान अन्तिम चरणमा

६० किलो सुन तस्करी प्रकरण : अनुसन्धान अन्तिम चरणमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • ६० किलो सुन तस्करी प्रकरण :  अनुसन्धान अन्तिम चरणमा

    काठमाडौं ।  ६० किलो सुन तस्करी प्रकरणकाे अनुसन्धान अन्तिम चरणमा पुगेकाे छ ।

    images
    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ६० किलो सुन तस्करी प्रकरणमा आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको हाे । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे ‘संगठित सुन तस्करी’ को अनुसन्धान पूरा गरेर सम्भव भए मंगलबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सीआईबीकाे छ।

    अनुसन्धान अन्तिम चरणमा रहेको र प्रतिवेदनमा केही तयारी गरेपछि सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउने ब्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले बताइन्।

    जिल्ला सरकारी वकिल कार्यालयमा पनि प्रतिवेदन बुझाउने खबर सीआईबीले गरेको छ। सुन प्रकरणमा राजस्व अनुसन्धान विभाग र सीआईबीले अनुसन्धान थालेको ५५ दिन पूरा भएको छ।

    ५५ दिनमा अन्तराष्ट्रिय सम्बन्धदेखि सुन तस्करीमा संगठित रुपमा कसरी तस्करी भयो भनी अनुसन्धान प्रतिवेदन तयार गरिएको छ। सुरुमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट सुन बरामद गरेको थियो। 

    केही चरणको अनुसन्धानपछि साउन २१ गते सीआईबीलाई जिम्मा दिइएको थियो। हङकङबाट तस्करी गरेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते विभानस्थल भन्सारको गेटबाट बरामद गरेको थियो। 

    उक्त प्रकरणमा राजनीतिक सम्बन्धदेखि अन्तर्राष्ट्रिय गिरोहसम्मको सम्बन्धबारे अनुसन्धान गरिएको थियो। 
    सुन प्रकरणमा हालसम्म ३० जना पक्राउ परेका छन्।

    अहिलेलाई अनुसन्धानको प्रतिवेदन जिम्मामा आएपछि अध्ययन गरेर मुद्दा दायर हुने र थप अनुसन्धान गर्नुपर्ने देखिएमा पुरक अभियोगका लागि निर्देशन हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार