Sep 19 2024 | २०८१, असोज ३ गते

सुवास नेम्वाङको अन्त्येष्टि आज, यस्तो छ शवयात्राको रुट

सुवास नेम्वाङको अन्त्येष्टि आज, यस्तो छ शवयात्राको रुट

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
  • सुवास नेम्वाङको अन्त्येष्टि आज,  यस्तो छ शवयात्राको रुट

    काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । एमालेले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राकाे रुट पनि तय भएको जनाएको हो । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि यही भदौ २८ गते विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिने भएको छ ।

    images
    images

    उहाँको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन अनुरोध गरिन्छ । उहाँको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।' नेम्वाङप्रति बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेको एमालेले जनाएको छ ।

    चीन भ्रमण छोट्याई आजै स्वदेश फर्किएका महासचिव शंकर पोखरेलले पनि उपाध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार