Sep 19 2024 | २०८१, असोज ३ गते

‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा बालेन

‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा बालेन

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
  • ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा बालेन

    काठमाडौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन शाह विश्वका उदीयमान सय नेताको सूचीमा परेका छन् । विश्वकै प्रसिद्ध टाइम म्यागेजिनले सार्वजनिक गरेको ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा शाह परेका हुन् ।

    images
    images

    शाहले स्थानीय तह निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीत र सामाजिक सञ्जालको प्रयोगबाट मतदाताको निराशामाथि आफ्नो प्रभाव सिर्जना गरेको म्यागेजिनले उल्लेख गरेको छ । द न्युयोर्क टाइम्सले पाँच महिनाअघि शाहबारे प्रोफाइल पनि प्रकाशित गरेको थियो। टाइम म्यागजिनले शाहले पालिका चुनावमा हासिल गरेको अप्रत्याशित जितको चर्चा गरेको छ। ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको जिकिर गरेको छ।

    चुनावअघि आफूले गरेका वाचा पूरा गर्नका लागि चालेका केही कदम, विशेष गरेर सहरका गरिबमाथि परेको प्रभावका कारण शाहले आलोचना पनि खेप्न परिरहेको म्यागजिनले प्रकाशन गरेको शाहको विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार