Sep 19 2024 | २०८१, असोज ३ गते

पशुपतीमा नेम्वाङको अन्तिम बिदाई हुँदै, परिवारका सदस्यहरुबाट श्रद्धाञ्जली अर्पण

पशुपतीमा नेम्वाङको अन्तिम बिदाई हुँदै, परिवारका सदस्यहरुबाट श्रद्धाञ्जली अर्पण

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
  • पशुपतीमा नेम्वाङको अन्तिम बिदाई हुँदै, परिवारका सदस्यहरुबाट श्रद्धाञ्जली अर्पण

    काठमाडौँ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।

    images
    images

    फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ । त्यहाँ परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् । अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए ।

    गत मंगलबार निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उनको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार