राजकीय सम्मानसाथ सुवास नेम्वाङको अन्त्येष्टि
राजकीय सम्मानसाथ सुवास नेम्वाङको अन्त्येष्टि
काठमाडौँ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको बिहीबार पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ। नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो। नेम्वाङको हिन्दू र किराती परम्पराअनुसार दाहसंस्कार गरिएको हो।
अन्त्येष्टिमा नेपाल सरकारका मन्त्रीहरू,राजनीतिक दलका शीर्ष नेताहरू,आफन्त,परिवारजन तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।
अन्त्येष्टिअघि बालुवाटारबाट शिक्षण अस्पताल९महाराजगञ्ज-नारायणगोपाल चोक-धुम्वाराही-चाबहिल-गौशालाहुँदै पशुपति आर्यघाटसम्म शवयात्रा निकालिएको थियो।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा मंगलबार बिहान हृदयघात भएपछि नेम्वाङलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको थियो। उपचार हुन नपाउँदै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेको थियो।