Sep 19 2024 | २०८१, असोज ३ गते

चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई कारबाही गर्न संघले दियो ७२ घण्टे ‘अल्टिमेटम’

चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई कारबाही गर्न संघले दियो ७२ घण्टे ‘अल्टिमेटम’

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
  • चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई कारबाही गर्न संघले दियो ७२ घण्टे ‘अल्टिमेटम’

    काठमाडौँ । नेपाल चिकित्सक संघले हेटौँडाको सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट घटनाका दोषीलाई ७२ घण्टाभित्र कारबाही गर्न माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै संघले ७२ घण्टाभित्र कारबाही नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

    images
    images

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

    सन्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बुधबार दिउँसो सामूहिक कुटपिट गरिएको थियो । गएको साउन २२ गते सो अस्पतालमा भर्ना गरिएका र चितवनको भरतपुर अस्पतालमा रिफर भई उपचारका क्रममा साउन २५ मा मृत्यु भएको घटनाका विषयमा कुटपिट र अरू स्वास्थ्यकर्मीलाई पनि धम्क्याएको संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार