Sep 19 2024 | २०८१, असोज ३ गते

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा हो : रवि लामिछाने

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा हो : रवि लामिछाने

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
  • चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा हो : रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन् ।

    images
    images

    बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उनले  चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरे । लापरबाही र जटिलता आम जीवनले सजिलै छुट्याउन सकिने कुरा नभएको भन्दै उनले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गरे ।  

    लामिछानेले डाक्टरमाथिको कुटपिटको घटनाबारे गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् । हेटौंडा–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै बुधबार चिकित्सकमाथि कुटपिट भएको थियो ।  हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट गर्नेलाई बिहीबार पक्राउ गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार