Nov 25 2024 | २०८१, मंसिर १० गते

images

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २९ २०८०
  • एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

    काठमाडौँ । नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । 

    images
    images
    images

    पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ । विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुनेछ भने विभिन्न राजनीतिक दलका नेतालाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने छ ।  

    एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल, ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ भने अन्य ६ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्ष जानेछन् ।

    जसअनुसार, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जानेछन् । कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने भएका छन् । 

    सबै प्रदेशमा हुने विचार गोष्ठीमा विभिन्न राजनीतिक दललाई समेत आमन्त्रण गर्ने निर्णय भएको कार्यालय सचिव डा भीष्मनाथ अधिकारीले बताए। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार