Sep 19 2024 | २०८१, असोज ३ गते

चिकित्सक कुटपिट घटनामा पक्राउ परेकामाथि अनुसन्धान गर्न ३ दिनको म्याद

चिकित्सक कुटपिट घटनामा पक्राउ परेकामाथि अनुसन्धान गर्न ३ दिनको म्याद

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २९ २०८०
  • चिकित्सक कुटपिट घटनामा पक्राउ परेकामाथि अनुसन्धान गर्न ३ दिनको म्याद

    मकवानपुर । हेटौंडामा भएको चिकित्सक कुटपिट घटनामा पक्राउ परेकामाथि अनुसन्धान गर्न ३ दिनको म्याद थप गरिएको छ । पक्राउ परेका ४ जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट ३ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी कार्कीका अनुसार घटनामा संलग्न भएकाहरुलाई सिसिटिभी फुटेजका आधारमा बिहीबार ४ जनालाई पक्राउ गरिएको थियो भने अन्यलाई पक्राउ गर्ने पक्रिया अघि बढाइएको छ ।

    प्रहरीले टेक्निकल र म्यानुअल सिस्टमबाट घटनाको अनुसन्धान थालेको उनले बताए । हालसम्म प्रहरीले घटनामा संलग्न भएका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार