Sep 19 2024 | २०८१, असोज ३ गते

शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम, असोज ३ देखि विद्यालय बन्द गर्ने चेतावनी

शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम, असोज ३ देखि विद्यालय बन्द गर्ने चेतावनी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २९ २०८०
  • शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम, असोज ३ देखि विद्यालय बन्द गर्ने चेतावनी

    काठमाडौँ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    images
    images

    शिक्षक र विद्यालयका कर्मचारीको मूलभूत मुद्दाहरुलाई सम्बोधन नगरीकन संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो । नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले सरकारकै कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको बताए । उनले पहिलो चरणमा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरिएको जानकारी दिए । 

    तुलाधरले शिक्षककहरुलाई पञ्चायतकाल भन्दापनि अंकुश लगाउने गरी  ऐन प्रस्तुत भएको बताए । उनले ऐनमा संघ सरकारले शिक्षकको तलव भत्ता सुनिश्चित गरेपनि दरबन्दी मिलानका क्रममा पालीकालाई अधिकार दिइएको भन्दै आपत्ति जनाए । 

    तुलाधरले एउटा पालीकाले अर्को पालिकामा सोझै सरुवा गर्ने प्रावधानहरु ऐनमा उल्लेख भएको भन्दै यो विषय संशोधन हुनुपर्ने बताए । उनले पुरानै प्रणाली अनुसार पेन्सन पाउनुपर्ने बताए ।

    अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षकको स्थायित्वको सवालमा शिक्षा ऐन नबोलेको शिक्षकहरुको आरोप छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार