Sep 19 2024 | २०८१, असोज ३ गते

गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत

गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ ३० २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ ३० २०८०
  • गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत

    काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।

    images
    images

    हत्या हुने सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ ।

    कुमार भुजेल करिब ५६ वर्षका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार