Sep 19 2024 | २०८१, असोज ३ गते

चिकित्सक कुटिएको विरोधमा बिरामी नजाँचेर डाक्टरहरु प्रदर्शनमा

चिकित्सक कुटिएको विरोधमा बिरामी नजाँचेर डाक्टरहरु प्रदर्शनमा

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३१ २०८०
  • चिकित्सक कुटिएको विरोधमा बिरामी नजाँचेर डाक्टरहरु प्रदर्शनमा

    काठमाडौँ ।  नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न नेपाल चिकित्सक संघले ७२ घण्टाको अल्टिमेटम दिएको थियो । तर माग सम्बोधन नभएको भन्दै संघले आज एक दिन अस्पताल, पोलिक्लिनिक, क्लिनिक लगायतमा ओपीडी सेवा रोकेका हुन् ।

    images
    images

    नेपालको जेठो बीर अस्पतालको ओपीडी टिकट काउन्टर आज बन्द छ । त्यहाँ सेवा बन्द गरिएको सूचना टाँस गरिएको छ । त्यही सूचना पढ्दै बिरामी र तिनका आफन्त घर फर्किएका छन् ।
    डाक्टरहरु पनि हातमा कालोपट्टी बाँधेर अस्पताल पुगेका छन् । उनीहरुले आकस्मिक कक्षमा र भर्ना भएका बिरामीहरुको मात्र उपचार गरेका छन् ।

    पाखुरामा कालोपट्टी बाँधेका केही डाक्टरहरुले प्लेकार्डसहित बीर अस्पताल परिसरमै प्रदर्शन पनि गरेका छन् । उनीहरुले ‘हिंसा समस्या हो, समाधान होइन’, ‘ह्वाइट कोट इज टर्निङ रेड’ (सेतो कोट रातोमा परिणत हुँदैछ), ‘विदेश पलायन हुन बाध्य नपार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 

    गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार