Sep 19 2024 | २०८१, असोज ३ गते

चिकित्सकसँग वार्ता गर्न सरकारले बनायाे समिति

चिकित्सकसँग वार्ता गर्न सरकारले बनायाे समिति

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३१ २०८०
  • चिकित्सकसँग वार्ता गर्न सरकारले बनायाे समिति

    काठमाडौँ । सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । 

    images
    images

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिए । 

    समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ । 

    उक्त समितिले अहिले नै वार्ताका लागि चिकित्सकलाई आवहनसमेत गरिसकेको छ । चिकित्सकमाथिको आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आज देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा सङ्घले बन्द गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार