Nov 25 2024 | २०८१, मंसिर १० गते

images

परराष्ट्रमन्त्री साउद  र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट

परराष्ट्रमन्त्री साउद  र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २ २०८०
  • परराष्ट्रमन्त्री साउद  र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच  भेटघाट भएको छ । 

    images
    images
    images

    सोमबार सम्पन्न सो भेटका अवसरमा उनीहरुबीचमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ मातहतमा रहेर सेवा गर्ने नेपाली सुरक्षाकर्मीहरूको तालिम, सुरक्षालगायतका विषयमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ ।

    यसैगरी सोमबार परराष्ट्रमन्त्री साउदले फिनल्याण्डका वैदेशिक, व्यापार तथा विकास   मन्त्री भिल्ले ताभियोसँग भेट गरेका छन् । उक्त भेटघाटमा पारस्परिक चासो, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।

    मन्त्री साउदले सोमबार नै ‘साइडलाइन’ बैठकमा सर्वियाका प्रथम उपप्रधानमन्त्री डा इभिका डासिसबीच भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपाल र सर्वियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । यसैगरी परराष्ट्रमन्त्री साउदले रोमानियाकी  परराष्ट्रमन्त्री लुमिनिटा टयुडोरा ओडवेस्क्युसँग भेट गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार