Aug 12 2026 | २०८३, साउन २७ गते

प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २ २०८०
  • प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

    मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताएका छन्। 

    images

    संविधान दिवस २०८० को अवसरमा आज बिहान हेटौँडा-६ स्थित  चित्रेपानी सामुदायिक वन वृक्षरोपण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ त्यति छिटो संविधानको मर्म बमोजिम समाजवादको लक्ष्यमा पुग्न सकिने बताए । 

    उनले स्थानीय तहको संरचना पुरानो भए पनि प्रादेशिक संरचना नयाँ भएको यही सङ्घीयताको खम्बा रहेको बताए । मुख्यमन्त्री जम्कट्टेलले संविधानसभाबाट बनेको संविधान जनताकै रक्षाका लागि भएको भन्दै संविधानको मर्मअनुसार प्रदेश सरकार काम गरिरहेको बताए । 

    संविधानले प्रदेशलाई दिएका एकल अधिकारका विषयमा धेरैजसो कानुन निर्माण भए पनि  सङ्घ र प्रदेश, प्रदेश र स्थानीय तह, सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारको सूचिमा रहेका कतिपय कानुन निर्माण हुन बाँकी रहेको उनको भनाइ छ । उनले सङ्घीय कानुन बन्न ढिलाइ हुँदा ती विषयले मूर्तरुप लिन नसकिरहेको धारणा राखे । 

    उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने राजनीतिक दस्तावेजका रुपमा रहेको संविधान कार्यान्वयनका लागि तीन वटै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए । नेपाललाई सङ्घीय संरचनामा लैजाने सङ्घीयताको मुटुका रुपमा रहेका प्रदेशहरु संविधानले दिएका अधिकार बमोजिम कानुन निर्माण गरी कार्यान्वयनसमेत गरिरहेको उनको भनाइ छ । 

    बागमती प्रदेश सरकारले आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउँदै छ । असोज ३ गते संविधान दिवसलाई भव्यरुपमा मनाउन सोमबारदेखिनै विभिन्न कार्यक्रम भइरहेका छन् । जिल्ला वन कार्यालय मकवानपुरद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला वन कार्यालय मकवानपुरका प्रमख शिव सापकोटा, हेटौँडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठलगायतले संविधान दिवसका बारेमा चर्चा गर्दै वृक्षरोपण गरेर गाँउ र सहर हराभरा बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । 

    संविधान दिवसका अवसरमा आज बिहानै हेटौँडामा  पाँच किमी दौड प्रतियोगिता सम्पन्न भएको छ । खेलको उदघाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेकोमा जोड दिए । सो अवसरमा प्रतियोगितामा सहभागी खेलाडीलाई उनले शुभकामना दिएका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट