Sep 19 2024 | २०८१, असोज ३ गते

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ गएन 

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ गएन 

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २ २०८०
  • शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ गएन 

    काठमाडौँ ।  नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ ।महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।

    images
    images

    विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ ।

    मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति बनेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो । तर शिक्षक महासंघ वार्तामा नगएको हो । ‘जुन ठाउँबाट समस्याको समाधान हुँदैन, त्यहाँ वार्तामा जानुको अर्थ छैन’, महासंघका महासचिव लक्ष्मीकिशोर सुदेवीले भने । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट